स्वरूपको स्वरमा ‘चोरी सुटुक्क मन’ सार्वजनिक
नेपालखोज
२०७७ पुष ८ गते १४:०५
काठमाडौं । गम्भीर बिष्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश ‘चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन् । गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन् ।
प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायांकन गरेका हुन् । भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ । मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो ।
हेर्नुहोस भिडियो :
सम्बन्धित
प्रतिक्रिया