नेप्सेमा पहिरो : अघिल्लो दिन सात अंकले बढेको नेप्सेमा २९ अंकले गिरावट

काठमाडौं । नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन सात दसमलव चार अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार भने २९ दसमलव ८३ अंकले घटेर दुुई हजार ३८ दसमलव ६३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव ७४ अंकले घटेर तीन सय ८६ दसमालव ७६ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय चार वटा कम्पनीहरुको ४७ हजार नौ सय ७६ पटकको कारोवारमा ९८ लाख ६० हजार पाँच सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम पाँच अर्ब ३६ करोड ९० लाख ४६ हजार तीन सय २२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा ट्रेन्डिङ र होटल समुहको सुचक क्रमश १६ दसमलव ९७ र ९३ दसमलव चार अंकले बढेका छन् भने बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । सोमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ७६ अंकले घटेर १५ सय ४७ दसमलव ४३ अंकमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४२ दसमलव ४९ अंकले घटेर नौ हजार पाँच सय ४० दसमलव ९४ अंकमा झरेको छ ।
बिकास बैंक, जलबिद्युत, लघुुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । आज सोल्टी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ६७ प्रतिसतले बढेर दुई सय पाँच रुपैयाँमा कारोवार हुंदा समृद्धि फाईनान्सको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ११ प्रतिसतले घटेर एक सय ३६ रुपैयाँमा कारोवार भएको छ ।
आज बढी रकम कारोवार गर्ने नबिल बैंकको प्रतिकित्ता १४ सय २५ रुपैयाँ अन्तिम मुल्यमा ६१ करोड ४९ लाख ५१ हजार छ सय ९१ रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया