नेपालमा सात हजार तीन सय ८४ जना कोरोनाका सक्रिय संक्रमित
नेपालखोज
२०७७ पुष ९ गते १६:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट आज थप सात सय ३९ जना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा ६ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५६ हजार पाँच सय ९२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार तीन सय ८४ रहेको छ ।
त्यस्तै गएको २४ घण्टामा थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय आठ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया