मंगलबार, वैशाख ९, २०८२

साग: नेपालले कास्यमा चित्त बुझायाे

नेपालखोज २०७६ मंसिर २३ गते १२:३०

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेकाे थियाे ।

नेपालका आरिफ शेखले सर्वाधिक ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, रोहित पौडेलले १५ र पवन सर्राफ १० रनमा अविजित रहे भने बिनोद भण्डारीले १२ रनको योगदान दिए  ।

माल्दिभ्सका उमर अदमले ३ विकेट लिए ।

प्रतिक्रिया