महिला पीएम कपमा लुम्बिनीको विजयी सुरुआत
नेपालखोज
२०७७ पुष ११ गते १४:५०

लमही । दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत पहिलो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात पारेको छ ।
देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रदेश नम्बर २ लाई तीन विकेटले हराउन सफल भएको हो ।
प्रदेश २ ले दिएको ७८ रनको लक्ष्य पछएको लुम्बिनीले १६ ओभर १ बलमा ७८ रन बनाउन सफल भएको हो ।
लुम्बिनीका लागि ओपनर गीता गोसाइले सर्वाधिक २३ रनको योगदान गरिन् । त्यस्तै सरस्वतीले २२ रन बनाउँदा कप्तान नेरी थापाले १५ रन बनाउन सफल भइन् ।
यता, प्रदेश २ का लागि कविता गौतमले एक विकेट लिन सफल भइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ का लागि अनुराधा चौधरी र साना प्रविनले समान २१–२१ रनको योगदान गरिन् । प्रदेश दुईका लागि विमला मगरले १० रन बनाउन सफल भइन् ।
बलिङतर्फ सुस्मिता भुसालले सर्वाधिक तीन विकेट लिइन् ।
सम्बन्धित
प्रतिक्रिया