पार्टी कार्यालय कब्जा गर्न खोज्दा कञ्चनपुरमा नेकपाका दुई पक्षबिच भिडन्त
नेपालखोज
२०७७ पुष १२ गते १३:१५

कञ्चनपुर । नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा अहिले कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ ।
दुई पक्षबीच भिडन्तको अवस्था भएपछि अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता र केपी ओली पक्षका नेता कार्यकर्ताबीच सो ठाउँमा विवाद तथा घम्साघम्सी भइरहेको छ ।
नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए ।
पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको हो।
कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन्।
सम्बन्धित
प्रतिक्रिया