मंगलबार, वैशाख ९, २०८२

नेप्सेको उच्च वृद्धि आज पनि जारी, २५ अंकले बढ्दा पाँच अर्व ७० करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष १६ गते १५:४८
तस्वीर उज्यालाेबाट

काठमाडौं । नेप्सेको उच्च वृद्धिले साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४९ दसमलव १७ अंकले बढेको नेप्से आज २५ दसमलव २१ अंकले बढेर दुई हजार ८७ दसमलव २७ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि सात दसमलव चार अंकले बढेर तीन सय ९८ दसमलव ७० अंकमा पुगेको छ ।

दुई सय सात वटा कम्पनीहरुको ५० हजार तीन सय ८६ पटकको कारोवारमा एक करोड १४ लाख ६४ हजार दुई सय कित्ता सेयर किनबेच भएका छन भने कुल कारोवार रकम पाँच अर्ब ७० करोड ३४ लाख ६९ हजार आठ सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा निर्जिवन बीमा समुहको सुचक ९६ दसमलव ४३ अंकले घटेर पनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव ५७ अंकले बढेर १५ सय ८५ दसमलव २२ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय ७२ दसमलव ७१ अंकले बढेर १३ हजार चार सय ७१ दसमलव ५४ अंकमा पुगेको छ ।

यि बाहेक जलबिद्युत, बिकास बैंक, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन् । आज साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ हजार दुुई सय ८१ रुपैयाँमा कारोवार हुंदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ७८ प्रतिसतले घटेर चार सय ३३ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा आज पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता पाँच हजार दुई सय ८० रुपैयाँ अन्तिम मुल्यमा ४६ करोड ८३ लाख १७ हजार तीन सय १७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया