बुधबार, वैशाख १०, २०८२

कोरोना अपडेट : थप ५३४ जनामा संक्रमण, ४४७ जना डिस्चार्ज

नेपालखोज २०७७ पुष १६ गते १६:०४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार जनाको पीसीआर परिक्षण गर्दा देशभरबाट जम्मा ५३४ जनाको नतिजा पोजेटिभ आएको छ । आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६० हजार ५ सय ९३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ४४७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ हजार ३ सय ५९ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार ३ सय ७८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको छ ।

प्रतिक्रिया