बिहीबार, वैशाख ११, २०८२

राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २५ करोड रुपैयाँ राख्ने

नेपालखोज २०७७ पुष १६ गते १९:२२

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २५ करोड रुपैयाँ राख्ने भएको छ । राष्ट्र बैंककाअनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम दुई सय ७७ दिने मुद्धती निक्षेपकोरुपमा बैंक तथा फाईनान्स कम्पनीहरुमा राख्न लागिएको हो ।

रकम लगानीको अवधि यही २०७७ माघ एक गतेदेखि २०७८ असोज ३१ गतेसम्मको लागि रहेको छ । राष्ट्र बैंककाअनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले यही पुस २० गते अपरान्ह तीन बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याजसमेत तोकेर राष्ट्र बैंकका आवेदन दिनु पर्नेछ ।

रकम लगानीको लागि छुट्याईएको कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि २० करोड, बिकास बैंकहरुको लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने सर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया