बुधबार, वैशाख १०, २०८२

सन्दीप होबार्टको प्लेइङ ११ मा

नेपालखोज २०७७ पुष १८ गते १२:२३

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ अन्तर्गत २३ औं खेलमा होबार्ट हरिकेन्सबाट मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन् ।

स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । होबार्टका कप्तान पिटर ह्यान्डस्कोम्बले बुझाएको प्लेइङ ११ को सूचिमा सन्दीप छन् । यो सन्दीपको होबार्टमा ‘डेब्यू’ खेल हो । मेलबर्न ५ खेलमा समान २ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । होबार्ट ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

सन्दीपले वेस्टइन्डिजका अलराउन्डर किमो पलको स्थान लिएका हुन् । पलले होबार्टबाट सुरुवाती दुई खेलमा कमजोर प्रर्दशन गरेका थिए । पलले मेलबर्न रेनेगड्सविरुद्ध २ ओभरमा २७ रन खर्चिदा विकेट विहिन बनेका थिए । ब्रिस्बेन हीटविरुद्ध ८ रनमा आउट हुँदा बलिङमा ३ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थिए ।

होबार्टको प्लेइङ ११ : डार्सी सर्ट, बेन मेक्डरमोट (विकेटकिपर), डेविड मलान, पिटर ह्यान्डस्कोम्ब (कप्तान), कोलिन इनग्राम, टिम डेविड, जोहन बुथा, नाथन इल्स, स्कट बोल्यान्ड, राइली मेरेडिथ, सन्दीप लामिछाने ।

प्रतिक्रिया