बुधबार, वैशाख १०, २०८२

लुम्बिनीद्वारा प्रदेश १ लाई सामान्य लक्ष्य

नेपालखोज २०७७ पुष १८ गते १४:४५

लमही । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइलनमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ५३ रनको सामान्य लक्ष्य दिएको छ । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले १४ ओभरमा १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५२ रन बनाउन सक्यो ।

लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाउन सफल भइन् । त्यस बाहेकका खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि संगिता राई र निग्मा तामाङले समान दुई–दुई विकेट लिन सफल भइन् । त्यस्तै रुविना क्षेत्रीले एक विकेट लिन सफल भइन् ।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाल्दै लुम्बिनी फाइनलमा आफ्नो स्थान बनाउने योजनामा छ । तर बलियो प्रदेश १ विरुद्ध जित निकाल्न लुम्बिनीलाई सहज भने छैन ।

यता प्रतियोगिताको उपाधि दावेदार प्रदेश १ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने योजनामा छ । प्रदेश १ ले समूह चरणका तीन वटै खेलहरुमा सहज जित निकाल्न सफल भएको छ । आजको खेलमा जित निकाल्ने टोलीले एपीएफविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया