बुधबार, वैशाख १०, २०८२

कोरोना अपडेट : थप ६ जनाको मृत्यु, ४१९ संक्रमित थपिए

नेपालखोज २०७७ पुष १८ गते १७:२१

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ । २४ घण्टाको अवधीमा ४१९ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७५० कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७११ पुगेको छ ।

प्रतिक्रिया