आर्सनलको लगातार तेस्रो जित
नेपालखोज
२०७७ पुष १९ गते १०:५९

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । उसले जितलाई निरन्तरता दिँदै वेस्ट ब्रुमलाई ४–० ले हराएको हो ।
आर्सनलले २३ औं मिनेटमा केरन टिरनीको गोलले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि बुकायो साकाले दोस्रो गोल थपे । पहिलो हाफ २–० ले अगाडि रहेको आर्सनलले दोस्रो हाफमा एलेक्जेन्डर लाकाजेटले थप दुई गोल गरे । उनले ६० र ६४ औं मिनेटमा गोल गरे ।
लिगका सात खेलमा जित निकाल्न नसकेको आर्सनलले पछिल्लो समय तीन खेलबाट ९ अंक बटुलेको छ । पराजित वेस्ट ब्रुम पुछारबाट तेस्रो स्थानमा छ ।
आर्सनल २३ अंकसाथ ११ औं स्थानमा उक्लेको छ । गएराति नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो भने ब्राइनट र उल्भ्सले ३–३ को बराबरी खेले । त्यस्तै टोटनह्यामले लिड्समाथि ३–० को जीत निकाल्यो ।
सम्बन्धित
प्रतिक्रिया