पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते
नेपालखोज
२०७७ पुष १९ गते १४:२२

सिन्ह्वा । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।
बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए ।
घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन् । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया