२५ दिनपछि कोरोनामुक्त भए पूर्व क्रिकेट कप्तान पारस
नेपालखोज
२०७७ पुष २० गते २१:३५

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण मुक्त भएका छन् । पारस कोरोना संर्कमं भएको २५ दिनपछि संक्रमण मुक्त भएका हुन् ।
पारसले कयौं टेस्टपछि सोमबार पिसिआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी दिएका हुन् ।
पारसलाई गत मङ्सिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पारसले घरमै आइसोलेसनमा बसेका थिए ।
कोरोना पोजेटिभ भएसँगै पारसले चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए ।
अब पारस सम्भवत आबु धाबीमा हुने टी-१० लिगका लागि त्यसतर्फ छिट्टै जाने छन् । पारस यस सिजनमा टिम आबु धाबीका लागि इमर्जिंग ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । यस सिजनामा नेपाली तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल पनि खेल्ने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया