लोकेश राहुल अष्ट्रेलियासँगको टेस्ट सीरीजबाट बाहिरिए
नेपालखोज
२०७७ पुष २१ गते १७:०३

काठमाडौं । अष्ट्रेलियासँगको टेस्ट सीरीजमा भारतलाई अर्को झट्का लागेको छ ।
ओपनर लोकेश राहुल घाइते भएर सीरीजबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलवार यसको जानकारी दिएको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा प्राक्टिसका क्रममा उनको बायाँ हातमा चोट लागेको हो ।
उनी ठीक हुन थोरैमा तीन हप्ता लाग्ने बताइएको छ ।
यस अगाडि पनि भारतका तीन खेलाडी इशान्त शर्मा, मोहम्मद शमी, उमेश यादव चोटका कारण सीरीजबाट बाहिरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया