प्रथम समृद्धि गोरिल्लाज बास्केटबल प्रतियोगीता सम्पन्न

काठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुई दिन चलेको उक्त प्रतियोगीतामा पुरुषतर्फ २४ र महिला तफ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएका थिए ।
बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल/कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको हो ।

प्रतियोगीतामा पुरुष तर्फ बि.एम.के. “सी” टिम प्रथम भयो भने उप–बिजेतामा पनि बि.एम.के.कै“बी” टिम रहेको थियो । यस्तै महिलामा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हात पार्न सफल भएकी थिईन । प्रतियोगीताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पुरुषतर्फ बि.एम.के. “सी” टिमका सोनम प्रयाग शेर्पा तथा गल्र्स तर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफल भएका थिए ।

विजयी टोलिका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठ लगायतले मेडल, ट्र««फी र प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगीताको सम्पूर्ण संयोजन तथा व्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम) ले गरेको थियो ।

समृद्धि स्कुल, स्कुलका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरू तथा यस प्रतियोगीताबाट उठेको रकम समेत गरी रु. दुई लाख नगद क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।
प्रतिक्रिया