बिहीबार, वैशाख ११, २०८२

अस्पतालमा भीषण आगलागी हुँदा १० नवजातको मृत्यु

नेपालखोज २०७७ पुष २५ गते ८:४०

काठमाडौं । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको थियो । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ ।

अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको हो । युनिटबाट सात शिशुलाई बचाइएको छ । यस्तै १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया