बुधबार, वैशाख १०, २०८२

क्रिकेटर सिंहको निधन

नेपालखोज २०७७ पुष २६ गते १३:०४

जनकपुरधाम । क्रिकेट खेलाडी कुन्दन सिंहको निधन भएको छ । मृगौलामा समस्या देखिएर उपचारमा रहेका २४ वर्षीय क्रिकेटर सिंहको आइतवार निधन भएको हो ।

प्रदेश २ को तर्फबाट १९ वर्षमुनिको क्रिकेट प्रतियोगितामा खेलेका कुन्दनको आइतबार बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए । कुन्दनको मृगौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए । तर आर्थिक समस्याका कारण उनले मृगौला फेर्न सकेका थिएनन् ।

सरकार पक्षबाट कुनै सहयोग नभएपछि कुन्दनलाई सहयोग गर्न जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरधामम ‘कुन्दन बचाउ अभियान’ चलाएर युवाहरुले करिब सात लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग गरेका थिए ।

प्रतिक्रिया