बिहीबार, वैशाख ११, २०८२

प्रभु बैंकको १९औं वार्षिक साधारण सभा: सातै प्रदेशमा समान उपस्थिति हुनुपर्नेमा जोड

नेपालखोज २०७७ पुष २६ गते १४:१५

काठमाडौं । प्रभु बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (आइतबार) प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी सभामा थोरै मानिस उपस्थित थिए भने अन्य शेयरधनीहरु पनि भर्चुअल रुपमा उपस्थित भएका थिए । उनीहरुले प्रभु बैकले राम्रो सेवा दिँदै आएको अझै उत्कृष्ट सेवा दिन बैंक तयारी रहनुपर्ने बताए । कोभिडका कारण यस वर्ष १० प्रतिशत बोनस दिएको तर अर्काे २० प्रतिशत बोनस वितरण गर्न बैंक सफल होस भनेर शुभकामना समेत दिएका थिए ।

त्यस्तै, उनीहरुले बैंकले आफ्ना कमजोरीहरुलाई पनि सुधार गर्दै ७ वटै प्रदेशमा प्रभु बैकको उत्तिकै उपस्थिती गराउन बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनको ध्यानाकर्षण गराएका थिए ।

उक्त सभामा प्रभु बैंकका भावी योजनाका बारेमा जानकारी दिँदै अझ ग्राहकलाई उत्कृष्ट सेवा दिन बैंक क्रियाशील रहेको अध्यक्ष देवी प्रकाश भट्टचनले बताए । उनले शेयरधनीले उठाएको कर्मचारी सरुवा बढुवाको जिज्ञासाका बारेमा पनि बोलेका थिए ।

कर्मचारी सरुवा बढुवा एक साधारण कुरामात्र भएको र यसलाई साधारण तरिकाले मात्रै ग्रहण गर्न अध्ययक्ष भट्टचनले आग्रह । कोभिडका कारण पनि समयमै साधारण सभा गर्न पाएकोमा उनले खुसी व्यक्त समेत गरेका थिए । बैंकको उन्नतिमा साथ दिने शेयरधनी, नेपाल राष्ट्र बैंक, पत्रकार, कर्मचारी, धितोपत्र बार्डलगायत अन्य संघ संस्थालाई धन्यवात समेत दिएका थिए ।

प्रतिक्रिया