एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज वितरण गरिँदै
नेपालखोज
२०७७ पुष २८ गते १०:५५

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज वितरण गरिँदै छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।
कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया