बिहीबार, वैशाख ११, २०८२

जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान

नेपालखोज २०७७ पुष २९ गते १२:१४


काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।

संस्थाले साधारणसभा को समारोहमा संचालक समितिका अध्यक्ष सन्जिब मानन्धर सहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल लगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई आज सो सामग्री हस्तान्तरण गरिएको हो ।

फिल्डमा खटिएका प्रहरीहरु फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेकोले खबर आइरहने गरिएकोले सहयोग गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया