संसारकै भाग्यशाली म नै हुन्थेँ !
नेपालखोज
२०७७ माघ ३ गते १०:५५

सदा खुसी राखेर तिमीलाई पाल्न सक्ने भए
स्वयम् खडा भएर शत्रुलाई ढाल्न सक्ने भए।
सायद हाम्रो सम्बन्ध झन् प्रगाढ नै बन्थ्यो,
बिर्सिएर अतीत दुई कदम चाल्न सक्ने भए ।
संसारकै भाग्यशाली म नै हुन्थेँ होला सायद,
तेल विना दियो सधैँ अनवरत बाल्न सक्ने भए ।
हस्पिटलका अनेकथरी मलम पट्टी खोज्थेँ,
एकपटक फाटेको मन फेरि टाल्न सक्ने भए ।
अरे! आँसुको विशाल पोखरी नै बनाउँथे नि,
निरन्तर रोएर तिम्रो याद पखाल्न सक्ने भए ।
सम्बन्धित
प्रतिक्रिया