कोरोनाबाट विदेशमा ३१९ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र दक्षिण अफ्रिकामा एकजनाको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३१९ पुगेको छ । संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
नयाँ भाइरसविरुद्ध फाइजरको खोप लगाउन सकिने
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोना भाइरस भेरियन्ट) विरुद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।
स्वास्थ्य समिति संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरुद्धमा प्रभावकारी हुने देखाएको हो ।
प्रतिक्रिया