बिहीबार, वैशाख ११, २०८२

सिद्धार्थ बैंकद्वारा पुस्तकालय भवन निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग

नेपालखोज २०७७ माघ ४ गते २१:३३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई आज सामाजिक उत्तरदायित्व अन्र्तगत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका हुन ।

बैंकबाट प्राप्तसो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिकावडा नं. १, केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ । विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हुँदै आएको उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।

बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य,दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवीप्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्धन, दिगो विकास आदि जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुर्‍याउँदै आएको छ र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।

प्रतिक्रिया