चितवनमा कैदीबन्दीका लागि पुस्तकालय
नेपालखोज
२०७७ माघ ६ गते १६:२०

चितवन। चितवन जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा रहेका कैदीबन्दीहरुका लागि पुस्तकालय स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले स्थापना गरेको हिरासतमा किताब नामक पुस्तकालयको गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले उद्घाटन गरेका थिए । उद्घाटनपछि प्रदेश प्रहरी प्रमुख अर्यालले जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा रहेका बन्दीहरुलाई पुस्तक वितरण गरेका थिए ।
उनले हिरासतमा रहेका बन्दीहरुलाई त्यहाँ बसिरहँदा मानसिक तनाब बढ्ने भएकोले पुस्तक पढेर जीवन उपयोगी शिक्षा हासिल गर्न सहज हुने र सँगसँगै सजाय भुक्तानपछि वा अदालतबाट सफाई पाएपछि सकारात्मक जीवन जिउन सहज हुनेमा जोड दिएका थिए ।
अर्यालले देशैभरि यस्तो अभियान चाल्न आवश्यक रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया