बिहीबार, वैशाख ११, २०८२

मुक्तिनाथ बिकास बैंकको दोस्रो त्रैमासिक नाफा ६१ करोड ५५ लाख

नेपालखोज २०७७ माघ ८ गते १७:०६

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय दुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ७४ अर्ब ८७ करोड २० लाख ४६ हजार पाँच सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार तीन सय रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

सो अवधिमा एक अर्ब १६ करोड २४ लाख ३८ हजार आठ सय ४७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा शुन्य दशमलव ३० प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैकको बितरण योग्य नाफा भने ५२ करोड ५५ लाख १० हजार एक सय सात रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब ३१ करोड आठ लाख ६२ हजार सात सय एक रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६६ करोड नौ लाख चार हजार छ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब नौ करोड ८७ लाख ४९ हजार छ सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा शुन्य दसमलव ११ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ६६ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया