शनिबार २ सय ३२ जना संक्रमित थपिए
नेपालखोज
२०७७ माघ १० गते १६:५५

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय ३२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार ३८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै २ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया