पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिए
नेपालखोज
२०७७ माघ ११ गते १७:१४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया