मंगलबार, वैशाख ९, २०८२

नेप्सेमा दोहोरो अंकको गिरावट, होटल र फाईनान्स बाहेक सबै सुचक रातै

नेपालखोज २०७७ माघ १३ गते १५:५९

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोर अंकको गिरावट आएको छ । सोमबमर १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन भने १७ दसमलव ७९ अंकले घटेको हो ।


आज २४ सय २३ दसमलव नौ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा पुगेको छ । नेप्सेमा दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोवारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र फाईनान्स समुहको सुचक क्रमश ५४ दसमलव पाँच र १३ दसमलव सात अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२ दसमलव ८३ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९८ दसमलव ५७ अंकले घटेर ११ हजार छ सय ८७ दसमलव नौ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ४१ दसमलव नौ अंकले घटेर १६ हजार आठ सय १८ दसमलव ९८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, टे«डिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेका छन ।

आज गुराँस लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिशतले बढेर १५ सय ४४ रुपैयाँमा कारोवार भएको हुंदा शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ९५ प्रतिशतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ । आज एकै दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४५ करोड सात लाख ५३ हजार सात सय २५ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया