खुँडा प्रहार गरी बझाङमा युवकको हत्या
नेपालखोज
२०७७ माघ १४ गते ११:२३

बझाङ । जिल्लामा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । मंगलबार छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहरी गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार सोही गाउँपालिकास्थित बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको हो ।
खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका–२ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया