किन पक्राउ परे अर्जुन बिक ?
नेपालखोज
२०७७ माघ १५ गते १२:३४

काठमाडौं । अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो ।
उनी छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाएको फोटो गत साउनमा सामाजिक सञ्जालमा आएपछि भाइरल भएका भएका थिए ।
उनले १३ वर्षमा बिहे गरेको र १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झूटो बोलेका थिए ।
त्यसपछि युट्युबका व्यवसायीहरुले उनलाई चर्चामा ल्याएका थिए । हाल उनी काठमाडौमा बस्दै आएका थिए ।
त्यसपछि विदेशमा रहेका नेपालीहरुबाट उनलाई सहयोगको ओइरो नै लागेको थियो ।
उनी रातारात नेपाली बाबुहरुको रोलमोडल भएका थिए ।
काठमाडौं प्रहरीले उनलाई पक्राउ गरी कैलाली पठाएको हो ।
उनीमाथि लागेको करणी र शरीर बन्धक आरोप उपर कैलाली जिल्ला अदालतमा सुनुवाई हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया