रोल्पामा ट्याङ्कर दुर्घटना, सहचालक गम्भीर

रोल्पा । रोल्पामा एक ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् ।
पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना परेको हो ।
नेपालगञ्जदेखि रेउघा रोल्पा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर दुर्घटना हुँदा दुई हजार लिटर डिजल र नौ हजार लिटर पेट्रोल नष्ट भएको पनि प्रहरीले जनाएको छ ।
ट्याङ्कर चालक नेपालगञ्जका ३६ वर्षीय अर्पणचन्द्र सिंहको ज्यान गएको तथा सहचालक भारतका बहराइचका १९ वर्षीय सुनीलशङ्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष केसीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा ज्यान गएको हो भने घाइते सहचालकको रेउघामा सामान्य उपचारपछि कोहलपुर पठाइएको छ ।
प्रतिक्रिया