सन्राइज बैंकद्वारा गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना
नेपालखोज
२०७७ माघ १६ गते १२:५८

कठमाडौं । सन्राइज बैंकले काठमाडौंको गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरि उद्घाटन गरेको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक प्रहरीसँगको सहकार्यमा चोकमा लाईट जडान गरेको हो ।
बिहीबार बैंकका कार्यकारी प्रमुख जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा लाईटको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख पौड्यालले ट्राफिक लाईटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताकको विकास गर्न मद्दत पुग्ने विश्वस व्यक्त गरे ।
ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले प्रविधियुक्त ट्राफिक लाईट राजधानिका चोकमा राख्ने योजना भएको र यसमा सन्राइज र्बैकले पुर्याएको सहयोमा धन्यवाद व्यक्त गरे ।
सम्बन्धित
प्रतिक्रिया