आइतबार, वैशाख ७, २०८२

भैंसी पालनमा रमाउँदै दाङका डाँगी

नेपालखोज २०७७ माघ १६ गते १४:२०


दाँङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएका छन् ।

उनी विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बनेका हुन् ।

अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । उनले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारीसमेत दिएक छन् । उनी पशुपालनबाट सन्तुष्ट छन् ।

गत वर्ष सबै खर्च कटाएर वार्षिक करीब ७ लाख बचत भएको र यस वर्ष कोरोनाका कारण केही नोक्सान भए तापनि अहिले भने राम्रो छ भन्ने डाँकीको भनाई छ ।


उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । उनी प्रायः भैँसीका पाडापाडीको स्याहारसुसारमा धेरै व्यस्त देखिन्छन् । परम्परागत रुपमा खेतीपाती गर्दै आएका उनले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा भैँसीपालनको शुरुआत गरेका थिए ।

शुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरीद गरी भैँसीपालन गरेका हौँ अहिले भने फार्ममा साना ठूला गरी २८ वटा मुर्रा जातका भैँसी रहेका छन् । तीमध्ये १० दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा रहेको उनले जनाए ।

उनले अहिले भैँसीले दैनिकरुपमा दिने गरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छन् । त्यस्तै केही दूध भने आफ्नै फार्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको जाकारी उनले दिए ।

प्रतिक्रिया