२४ घण्टामा १५७ कोरोना संक्रमित, ५ को मृत्यु
नेपालखोज
२०७७ माघ १६ गते १६:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया