बिहीबार, वैशाख ११, २०८२

राष्ट्र बैंकद्वारा १० करोड ४८ लाख संस्थागत निक्षेप लगानीको आह्वान

नेपालखोज २०७७ माघ १६ गते २०:०२

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक बर्षिय अर्थात तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा २०७७ फागुन दुई गतेदेखि वि.स. २०७८ फागुन एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि आठ करोड ३९ लाख, बिकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैककाअनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही माघ २० गते अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन ।

प्रतिक्रिया