बिहीबार, वैशाख ११, २०८२

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

नेपालखोज २०७७ माघ १७ गते ६:५६

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया