बिहीबार, वैशाख ११, २०८२

दिल्लीमा बम विष्फोट, सुरक्षा सतर्कता कडा

नेपालखोज २०७७ माघ १७ गते ७:४८

एजेन्सी । भारतको राजधानी दिल्लीमा भएको बम विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा गएराति बम विष्फोट भएको थियो ।

विष्फोटमा कोही हताहती नभए पनि केही सवारी साधनमा क्षति पुगेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको हो ।

दिल्ली, उत्तरप्रदेश लगायतका राज्यमा सुरक्षा सतकर्ता बढाइएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् । अयोध्यासहित उत्तरप्रदेशका सबै क्षेत्र र उत्तराखण्डको हरिद्वारमा पनि सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतका गृहमन्त्री अमित शाहले विष्फोटमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया