चीनमा कोरोनाका ५२ जना नयाँ संक्रमित फेला

बेइजिङ । चीनमा कोरोनाभाइरसका ५२ जना नयाँ संक्रमित फेला परेका छन् । कोरोनाभाइरसको उद्गम स्थल चीनमा शुक्रबार नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको छ ।
शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ संक्रमितमध्ये ३६ जना चीनभित्रै संक्रमित भएका पाइएको छ । बाँकी १६ जना विदेशबाट आएका नागरिक हुन् ।
स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।
शुक्रबार भेटिएका संक्रमितमध्ये अधिकांश हुबे प्रान्तका छन् । नयाँ संक्रमतिमध्ये केही हेलिङजाङ, हेइबेइ, संघाइ र बेइजिङका पनि छन् । चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।
प्रतिक्रिया