शनिबार १०९ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु
नेपालखोज
२०७७ माघ १७ गते १६:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार ३५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमका अनुसरा पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया