बिहीबार, वैशाख ११, २०८२

प्रिमियर लिगमा आर्सनलसँग युनाइटेडको बराबरी

नेपालखोज २०७७ माघ १८ गते ९:०२

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्सनलको मैदानमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै युनाइटेडले लिग लिडर म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाउने गर्ने मौका गुमाएको छ । युनाइटेडको २१ खेलमा ४१ अंक छ । युनाइटेड सिटीभन्दा ३ अंकले पछि छ ।

यता आर्सनल ३१ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया