कोभिड–१९ का कारण फ्रान्समा पुनः देशव्यापी लकडाउन
नेपालखोज
२०७७ माघ १८ गते ९:१५

एजेन्सी । कोभिड–१९ का कारण फ्रान्सले पुनः देशभर लागुहुने गरी आइतबारदेखि लकडाउन लागू गरेको छ । लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ ।
फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन् र ठूलो परिमाणमा सपिङ सेन्टर बन्द रहने जानकारी दिए ।
नयाँ सीमा प्रतिबन्धले बेलायतलाई प्रभावित गर्नेछ जुन अब युरोपेली संघको हिस्सा होइन । यद्यपि, फ्रान्सेली यातायात मन्त्रीले बेलायतबाट हुने आयात–निर्यातमा यसले कुनै असर नपार्ने स्पष्ट पारेका छन् ।
सम्बन्धित
प्रतिक्रिया