बिहीबार, वैशाख ११, २०८२

६ महिनामा १५८ प्रतिशतले वृद्धि भयो आशा लघुवित्तको नाफा

नेपालखोज २०७७ माघ १८ गते १४:२८


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १५८ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ खुदनाफा गरेको हो ।

आशा लघुवित्तले गएको वर्ष २ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा ह्वात्तै बढेको संस्थाले उल्लेख छ । संस्थाको खुदब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४१.३५ र ५९१.९६ प्रतिशतले बढेको पनि जनाएको छ ।

हाल आशाको खुद ब्याज आम्दानी बढेर ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ । पुसको अन्तिममा संस्थाले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २० करोड रुपैयाँ कर्जा लगानीसमेत गर्न भ्याएको छ ।

२६ करोड ७१ लाख रुपैयाँ त संस्थाको चुक्तापुँजी पुगिसकेको छ ।

११ करोड ६५ लाख रुपैयाँ जगेडा कोषमा बाँकी रहेको छ ।

खराब कर्जा भने न्यून ४.९८ प्रतिशत छ ।

प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ११ पैसा छ । यसले आशाको नाफालाई एक किसिमको छलाङ भनेर व्याख्या गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया