बिहीबार, वैशाख ११, २०८२

बर्डफ्लू संक्रमण पुष्टि पश्चात् मासुजन्य पदार्थ ल्याउनमा प्रतिबन्ध

नेपालखोज २०७७ माघ १८ गते १६:२९


काठमाडौं । बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

संक्रमण फैलन सक्ने जोखिम ध्यानमा राखेर मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह पनि गरेको छ ।

रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया