बर्डफ्लु भेटिएका क्षेत्रका बासिन्दालाई सतर्क रहन मन्त्रालयको अपिल
नेपालखोज
२०७७ माघ १८ गते १९:११

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा फैलिएको बर्ड फ्लु मानिसमा सर्न सक्ने भन्दै सतर्क हुन अपिल गरेको छ ।
महाशाखाले आज विज्ञप्ति जारी गर्दै हालसम्म संक्रमण देखिएका तार्केश्वर नगरपालिकाको सांग्लेखोला, फुटुङ क्षेत्रका बासिन्दालाई ध्यान पुर्याउन अपिल गरेको हो । यो क्षेत्रका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।
महाशाखाले यी क्षेत्रमा कुनै पनि पक्षीको शंकास्पद मृत्यु भए, पक्षीको सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो, रुघाखोकीको लक्षण देखिए स्वास्थ्य संस्थाको सम्पर्कमा आउन तथा लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढा रहन सुझाएको छ ।
बर्ड फ्लुको संक्रमणबाट जोगिन आफूले पालेका पक्षीको हेरचाह गर्दा सुरक्षा कवच अपनाउन र पक्षीको मासु तथा अन्डा राम्रोसँग पकाएर खान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया