म्यानमारकी नेतृ सूकी पक्राउ, शासनसत्ता आफ्नो हातमा लिएको सेनाद्वारा घोषणा
एजेन्सी । म्यानमारमा सेनाले सरकार सञ्चालन व्यवस्था आफ्नो हातमा लिएको छ । सेना समर्थित टेलिभिजनबाट भिडियो सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ ।
सोमबार बिहान म्यानमारकी नेतृ आङ सान सूकी पक्राउ परेकी छन् । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको सो पार्टीका प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेना र सरकारबीच तनाव चलिरहेका बेला सूकी पक्राउ परेकी हुन् ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।
सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो । गत आम निर्वाचनमा नेतृ सुकीको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।
प्रतिक्रिया