मंगलबार, वैशाख ९, २०८२

महिला लघुबित्तको ४ करोड रुपैयाँको IPO माघ २८ गतेबाट

नेपालखोज २०७७ माघ १९ गते ११:५४

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले यही माघ २८ गतेबाट चार ४ रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले हाल कायम रहेको जारी पुँजी १० करोड रुपैयाँ मध्येबाट ४० प्रतिशतको अनुपातमा १ सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी चार लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।

बिक्री गरिने कुल साधारण सेयर मध्येमा शुन्य दसमलव पाँच प्रतिशत अर्थात पाँच हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात २० हजार कित्ता सेयर सामुुहिक लगानी कोषको लागि र बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणको बिक्री गरिने संस्थाले जानकारी दिएको छ ।

अघिकृत पुँजी २० करोड तथा जारी पुँजी १० करोड रुपैयाँ रहेको संंस्थाको हाल चुक्ता पुँजी छ करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने छ । सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा फागुन दुुई गते र ढिलोमा फागुुन १२ गते बन्द हुने छ ।

प्रतिक्रिया