मंगलबार, वैशाख ९, २०८२

नेप्सेमा गिरावट : सात अंकले घट्दा, नौ अर्ब ५३ करोडको कारोवार

नेपालखोज २०७७ माघ २१ गते १६:१३

काठमाडौं । नेप्सेमा बुधबार गिरावट आएको छ । अघिल्लो दिन ६५ अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन आज भने छ दशमलव ८१ अंकले घटेर २४ सय ६६ दशमलव ९२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ९२ अंकले बढेर चार सय ५२ दशमलव २९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुुई सय दुुई वटा कम्पनीहरुको ९१ हजार पाँच सय ५९ पटकको कारोवारमा दुुई करोड २० लाख ४० हजार पाँच सय १६ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम नौ अर्ब ५३ करोड १७ लाख १६ हजार चार सय ९६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समूहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेका छन् । सोमध्ये वाणिज्य बंैंक समूहको सुचक चार दसमलव सात अंकले बढेर १७ सय २७ दशमलव ४४ अंकमा चढेकोमा जलविद्युुत, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सुचक पनि बढेका छन् ।

विकास बंैक समुहको सुचक भने ११ दशमलव ६२ अंकले घटेर २४ सय ९५ दशमलव ६८ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सुचकहरु पनि घटेका छन् ।

आज स्वाभिमान लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २५ सय ५२ रुपैयाँमा कारोवार हुँदा पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात दसमलव ८८ प्रतिशतले घटेर दुुई सय ७९ रुपैयाँमा कारोवार भएको छ । आज ग्लोवल आईएमई बैंकको एकैदिन प्रतिकित्ता चार सय रुपैयाँ अन्तिम मुल्यमा ५६ करोड १९ लाख २४ हजार दुुई सय १२ रुपैयाँको कारोवार सेयर कारोवार भएको छ ।

प्रतिक्रिया