बिहीबार, वैशाख ११, २०८२

शासन सत्ता हातमा लिन प्रहरीले सुकीमाथि लगायो बहु अभियोग

नेपालखोज २०७७ माघ २२ गते १६:०४


एजेन्सी । कू गरेर सत्ता हातमा लिएको म्यानमारमा सेनाले नेतृ आङ सान सुकीविरुद्ध अनेक अभियोग लगाएको छ । शासनसत्ता हातमा लिएको तेस्रो दिन नेत्री सूकीविरुद्ध त्यहाँको प्रहरीले अभियोगहरु दर्ता गरेको हो।

बीबीसीले जनाएअनुसार सूकीमाथि आयात तथा निर्यातसम्बन्धी कानूनको उल्लंघन गरेको तथा सञ्चारका अवैध उपकरणहरु राखेको अभियोग लगाइएको छ ।त्यस्तै पदबाट हटाइएका राष्ट्रपति विन मिनविरुद्ध पनि अभियोग दर्ता गरिएको छ । उनीमाथि कोरोना भाइरसको महामारीमा भेलासम्बन्धी नियमहरुको उल्लंघन गरेको अभियोग लगाइएको छ । उनलाई पनि दुई साता हिरासतमा राखिने भएको छ।

प्रतिक्रिया